भोजपुरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ
भोजपुर, जेठ २८ गते । आफ्नै आमाको हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ बर्षीय मिलन तामाङ पक्राउ परेका छन् ।
हिजो बेलुका पौने ६ बजे उनले आमा ६८ बर्षीया निर कुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरि हत्या गरेका थिए । घटनाको जानकारी पाऊन साथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई मिलन तामाङलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


