ओखलढुंगा र झापामा भएको मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, जेठ २८ गते । ओखलढुंगा र झापामा भएको मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका सवाँ ५ बजे ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका ०८ माम्खा स्थित बा.प्र. ०२-०१६ प ८५३२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना हुँदा मोटरसाईकल चालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका ०४ रातमाटे मझुवा का ३५ बर्षीय हस्त बहादुर बि.क. को घटनास्थलमानै मृत्यु भएको थियो ।

यसैगरी हिजै राती पौने ११ बजे झापा दमक नगरपालिका ३ मावापुल स्थितमा मे ५ प ९७३१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ मिक्लाजुङ गाँउपालिका १ घर भई झापा दमक नगरपालिका ५ मा डेरा गरी बस्ने २२ बर्षीय सगुन राईको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖