संखुवासभामा मोटरसाइकल र टिपर ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु
संखुवासभा । संखुवासभामा मोटरसाइकल र टिपर एकापासमा ठोकिइ दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ ।
जिल्लाको चैनपुर नगरपालिका-८ वानेश्वर स्थित भ्यू होटल नजिक चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८२४९ नम्बरको टिपर र को १५ प ९८३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक चैनपुर नगरपालिका वडा नम्बर-७ बस्ने अन्दाजी बर्ष ४९ को पदम श्रेष्ठ गम्भीर घाईते भई चैनपुर आधारभुत अस्पतालमा पुर्याइएकोमा चिकित्सकद्वारा उपचारको क्रममा मृत घोषणा गरेको हो ।
घटनामा संलग्न टिपर चालक चैनपुर नगरपालिका वडा नम्बर-१० खराङ बस्ने अन्दाजी बर्ष ३३ को कमानसिंह तामाङ तथा सवारी साधन इलाक प्रहरी कार्यालय चैनपुर संखुवासभाको नियन्त्रणमा रहेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
