संखुवासभाका एक पुरुष विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा धरानबाट पक्राउ

संखुवासभा । एक महिलालाई विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको धरानबाट एक पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका-५, माङ्सिमा घर भएका ३१ वर्षीय युवक भनिने लिलाबहादुर गुरूङ छन् ।

निरन्तरको निगरानीपश्चात् जिल्ला प्रहरी कार्यालय, संखुवासभा र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई गत सोमबार धरान उपमहानगरपालिका-१६, हंसमार्गबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेका अनुसार गुरूङले २०७९ चैतमा परिवर्तित नाम ०७९/०८० कोशी (झ) लाई ललाइफकाइ विवाह गर्छु भन्ने प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप छ ।

घटनापश्चात् फरार गुरूङ विभिन्न जिल्लामा लुकिछिपी बस्दै आएका थिए । उनीविरूद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।