मोरङ र सुनसरीबाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ

बिराटनगर, असार १४ गते । मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह मोरङको धनपालथान गाउँपालिका-७ स्थित खेतमा रहेको गोठमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्की समेतको प्रहरी टोली खटि उक्त गोठमा खानतलासी गर्दा ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम गाँजा बरामद गरेको हो । लागु औषध गाँजा बरामद भए संगै गोठ धनी राज कुमार सिंह समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी सोही दिन बेलुका सुनसरीको देवानगंज गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज र हरीनगराबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा देवानगंज-२ का २४ बर्षीय रणधिर यादव र भारत बिहार सुपौलका २९ बर्षीय सुनिल कुमार यादवलाई २१ किलो २०० ग्राम गाँजा र १ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖