झापाको पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या
झापा । झापाको पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या भएको छ ।
भद्रपुर नगरपालिका २ स्थित डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई सोही ठाउँका ४० वर्षीय राजेश तामाङले धारिलो हतियार सिक्कलले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


