भोलिदेखि महिलाको टोली गन्जला चुलीको आरोहणमा निस्कने

काठमाडौं । २७ जना महिला आरोहण टोलीले शनिबारदेखि सिन्धुपाल्चोकको पाँचपोखरी थाडपाल गाउँपालिकामा रहेको गन्जला चुली (कांगा) को आरोहण सुरु गर्ने भएको छ । पाँंच हजार आठ सय ६३ मिटरको आरोहणका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरिने शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ । आरोहण अवधि दुुई हप्ताको रहने जनाइएको छ ।

सन् २००८ मा १० जना समोवशी नेपाली महिला समुहले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो । त्यसै आरोहणका समुहका सात सदस्यहरु सन् २०१० देखि क्रमशः विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण अभियान शुरु गरेको थियो । सन् २०१४ मा सबै शिखरहरुको सफलताका साथ आरोहण सम्पन्न गरी यो टोली विश्वकै पहिलो महिला टोली बन्न सफल भएको थियो । 

यसपश्चात यही टोलीले विश्व समावेशी साहसी संस्थामार्फत शिक्षा, वातावरण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दे आइरहेको जनाइएको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई, पीछडिएका महिला तथा बेचविखनका परेका र जोखिममा रहेका किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास जस्ता कार्यक्रम गर्दै आएको टोलीमा सहभागी एकजना आरोही कल्पना महर्जनले बताइन् ।

यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई पीछडिएका महिला तथा बेचविखनमा परेका र जोखिममा रहेका किशोरहरुलाई शिक्षा, सिप र आत्मनिर्भताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडमौं ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमहरुमध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकासमा जस्ता कार्यक्रम गर्दै आएको उनले बताइन् ।

उक्त कार्यक्रमहरुमध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडौंका ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमअन्तर्गत संचालन भइरहेको छ । नेपाल पर्यटनको लागि आकर्षक गन्तब्य भएको र यसको उचित पहिचान र स्थानीयलाई रोजगराीको प्रचुर सम्भावना र अवसर रहेकोले यस विश्व समावेशी साहसी संस्थाले शुरुवाती दिनहरुबाटै मानव स्रोतमा लगानी गर्दै आइरहेको जनाइएको छ ।

काठमाडौंबाट नजिक सिन्धुपाल्चोकमा प्रयाप्त पर्यटकीयस्थलहरु रहेको र यसलाई पनि पर्यटन गन्तब्य बनाई राािष्टय र अन्तराष्र्टिय रुपमा चिनाउने उद्देश्यले विभिन्न कामहरु भइरहेको जनाइएको छ ।  
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।