उच्च शिक्षा अध्ययनको लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्युपछि सिंगो गाउँ शोकमग्न

सञ्जय मिश्रा, रौतहट । उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ ।

गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन ।

माधव नारायण नगरपालिका ३ सखुअवा स्थित श्री देवी माध्यमिक विधालयबाट एसईई २०८० मा ३. २३ जिपिए ल्याएर उतिर्ण भएकी नेहा कुमारी गिरी उच्च शिक्षा अध्ययनको लागि घरबाट बिरगंज जानेक्रममा आज बिहानै बस दुर्घटना हुदा मृत्यु भएको थियो । उनको मृत्युको खबरले सिंगो गाउँनै शोकमग्न बनेको छ । दुईदिन अघि छोरी एसईई पास भएको जानकारी पाएपछि परिवारको सल्लाह अनुसार उच्च शिक्षा अध्ययन गरेर  देशको सेवा गर्छिन भनी ठूलो आकांक्षा साथ नेहालाई वीरगन्ज पठाएको थिए । तर नेहाको मृत्युको खबरले सिंगो परिवारमाथि बज्रपात खसेको नेहाका बाबु शैलेन्द्र कुमार गिरीले दुखेसो पोखेका छन् ।

दुर्घटनामा गिरीको मृत्युसंगै अन्य १३ जना यात्रु घाईते भएका छन् । प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन।

दुर्घटना लगत्तै फरार भएका बस चालक चन्द्रपुर नगरपालिका ८ मोतिपुर बस्ने  बर्ष ३९ को सहदेव चौधरीलाई प्रहरीले उसको घरैबाट पक्राउ गरेको छ । बस चालक चौधरी ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।