एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् ।

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । उनले नगद १० हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै ‘मेरो देश मलाई गर्व लाग्छ’ शीर्षकको कविता वाचन गर्ने कक्षा–१२ का खिलराज ढकाल द्वितीय, ‘मैले नगरे कसले गर्ने ?’ शीर्षकको कविता वाचन गरेर कक्षा–१२ कै सुजल कोइराला तृतीय र ‘हाम्रा भानु’ शीर्षकको कविता वाचन गरेर कक्षा–५ की छात्रा बेबिका पनेरु सान्त्वना भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार निर्मला कोइराला रहेको निर्णायक समितिले वाचन गर्ने कविहरूमध्येबाट चारजनाको नाम घोषणा गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ खेम नेपाली र विद्यालयका प्राचार्य टीकाराम पुरीले प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ७, ५ र ३ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यालयका सहायक प्राचार्य नारायण कडरियाले सञ्चालन गरेको कार्यक्रममा मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष ताराबहादुर बुढाथोकीसहित खम्बसिंह नेपाल, तारा काफ्ले, रिवाज खतिवडा, अस्मिता भट्टराई, जयकुमार थापामगर, रमेश ओझा, तुलसा भट्टराई, अच्युत आचार्य, सरस्वती पराजुलीलगायत एक दर्जन शिक्षक शिक्षिकाहरूले समेत कविता वाचन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ नेपालीले भाषा, साहित्य र संस्कृतिलाई समाजलाई जोड्ने बताए । उनले भाषा, साहित्य र कलाको विकास बिना मुलुकको समग्र विकास हुन नसक्ने दाबी गरे ।

उनले भाषा र साहित्य मुलुकको प्राण भएको टिप्पणीसमेत गरे । प्राचार्य पुरीले विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको जानकारी दिए । पुरीले विद्यालयले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, चित्रकलालगायतका सिर्जनात्मक अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको बताए ।

प्राचार्य पुरीले विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गरे । प्रतियोगितामा ३२ जना विद्यार्थीले कविता वाचन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।