पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय हुँदा विराटनगरकी रीता पाठकले ‘समयको कथा’ शीर्षकको कविता वाचन गरेर तृतीय स्थान प्राप्त गरिन् ।

त्यस्तै ‘आमा’ शीर्षकको कविता वाचन गरेर सुनसरीका कवि युवराज दाहाल र ‘साहित्य र कवि’ शीर्षकको कविता वाचन गरेर विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीले सान्त्वना पुरस्कार प्राप्त गरे । कवि तथा पत्रकार मीनकुमार नवोदित, साहित्यकार बाबुराम पोखरेल र हरि कट्टेल सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरूले क्रमशः पाँच, तीन, दुई र एक–एक हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

बालतर्फको प्रतियोगितामा ‘वीर सन्तान’ शीर्षकको कविता वाचन गरेर स्मारिका दंगाल प्रथम भइन् । त्यस्तै ‘पुष्पलाल र अहिलेको राजनीति’ शीर्षकको कविता वाचन गरेर आरसी पोखरेल द्वितीय हुँदा ‘फर्केर आऊ पुष्पलाल’ शीर्षकको कविता वाचन गरेर प्रकृति घिमिरे तृतीय भइन् ।

उनीहरूले क्रमशः दुई हजार, एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र प्राप्त गरे । विजेता हुने सबैलाई यही साउन ७ गते विशेष समारोहका बीच पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले जानकारी दिए ।

पुष्पलाल स्मृति दिवसका अवसरमा कविता प्रतियोगिता, झण्डोत्तलन, विचारगोष्ठी, सरसफाई, पुरस्कार वितरण, सम्मानलगायतका तीनदिने कार्यक्रम राखिएको आयोजक समितिका अध्यक्ष केशवप्रसाद गौतमले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।