वीपीको स्मृतिमा भएको कविता प्रतियोगितामा खोटाङका नवराज प्रथम

विराटनगर । जननायक वीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस मोरङले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ ।

मोरङ क्षेत्र नम्बर २ को व्यवस्थापनमा मोरङको डाइनियामा आइतबार भएको कविता प्रतियोगितामा खोटाङका कवि नवराज खड्का प्रथम भएका हुन् । ‘एक विचलित आत्मा’ शीर्षकको कविता वाचन गरेर खड्का प्रथम भए । त्यस्तै ‘स्वदेश भूमिभित्र नै’ शीर्षकको कविता वाचन गरेर मोरङको रंगेलीका कवि चिरञ्जीवि काफ्लेले द्वितीय पुरस्कार प्राप्त गरे । मोरङको कानेपोखरीका कवि सुशील राईले ‘तिमी र तिम्रो नेता’ शीर्षकको कविता प्रस्तुत गरेर प्रतियोगिताको तृतीय स्थान प्राप्न गर्न सफल भए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ निर्णायक रहेको प्रतियोगितामा सन्तोष बाँस्तोला, पारस मण्डल, फडिन्द्र गड्तौला र सुरदेशकुमार दासले पुरस्कार प्राप्त गरेका थिए । बाँस्तोलाले ‘युगपुरुष तिम्रो सम्झना’, मण्डलले ‘वीपी कोइराला तिमी महान्’, गड्तौलाले ‘वीपीवादः लोकतान्त्रिक समाजवाद’ र दासले ‘वीपी कोइरालाको श्रद्धाञ्जली’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । प्रथम, द्वितीय, तृतीय र सन्त्वना हुने कविहरूलाई क्रमशः ५ हजार १ सय, ३ हजार १ सय, २ हजार १ सय र १ हजार १ सय प्रदान गरिएको थियो ।

आयोजकले वीपी कोइरालाका विषयमा केन्द्रित भएर लेखिएका कविता प्रतियोगितामा समावेश गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेस मोरङका नेता गोपालमानसिंह राजभण्डारी, मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका निर्णायक मीनकुमार नवोदित, युवा नेता सुयर्माराज राई, कार्यक्रम संयोजक वीरेन्द्रकुमार साहलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा प्रमुख अतिथि राजभण्डारीसहित कार्यबाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, महासमिति सदस्य रविन राई, रामनारायण मण्डल, मोरङ क्षेत्र नम्बर २ का सभापति नागेश्वरप्रसाद सिंह, रतुवामाई नगरसभापति पोष्टबहादुर बस्नेत, मुस्लिम संघ मोरङकी सभापति कैहकसर कौसरलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपी कोइरालाले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

वीपीको आदर्श र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले पनि हराउन नसक्ने उनीहरूको भनाइ थियो । सो अवसरमा कवि सुयर्माराज राई, रमेशचन्द्र अधिकारीलगायतले अप्रतियोगी सिर्जना वाचन गरेका थिए ।

पार्टीका गतिविधिलाई रचनात्मक बनाउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरेको मोरङ कांग्रेसका प्रचार विभाग प्रमुखसमेत रहेका कार्यक्रम संयोजक वीरेन्द्रकुमार साहले जानकारी दिए । वीपीको स्मृति दिवसअन्तर्गत स्वास्थ्य शिविर, कविता प्रतियोगिता, विचार गोष्ठीलगायतका कार्यक्रम राखिएको उनको भनाइ थियो । प्रतियोगितामा वाचन भएका कविहरूमध्ये उत्कृष्ट ७ जनालाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको संयोजक साहले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।