“९१ औं कविता वाचन” श्रृंखला सम्पन्न

चन्द्र मादेन आन्छन/काठमाण्डौं ,साउन १२ । मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९१औं कविता वाचन श्रृंखला भव्य र सभ्यता साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. केदार न्यौपाने र विशेष अतिथि स्रष्टा आरसी रीजाल लगायत विभिन्न व्यक्तित्वहरुलाई यथास्थानमा आथित्य राखिएको थियो ।

सभापति डिल्लीराज आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको उक्त साहित्यिक कार्यक्रममा २७ जना स्रष्टाहरुले सृजना वाचन गर्नुभएको थियो । कविता पस्किनुहुने सर्जकहरु – प्राडा केदार न्यौपाने, अप्सरा पोख्रेल, सालिकराम दाहाल, नुरदेव खनाल, भावना न्यौपाने, चेवन वस्नेत ठूलाघरे , केशव ज्ञवाली, विनन्द वैध्य, डिल्ली प्र. मुलतिहुन, ओम आचार्य, रामशारण न्यौपाने, दिनानाथ पोख्रेल, विजया वस्नेत, कविराज घिमिरे, देवेन्द्रनाथ शर्मा, सुमन पुडासैनि, महेश्वर खनाल, प्रकाश कुईकेल, चन्द्र मादेन आन्छन, राजेन्द्र कु वज्राचार्य, तोयानाथ सुवेदी, अशोक कु लामिछाने,कृष्ण प्र पौडेल जस्ताखरे, अनन्त कु वस्नेत, धरणी धनन्जय, निशा तिमल्सिना न्यौपाने, भाव किशोर वराल हुनुहुन्यो भने आरसी रीजाल र निशा तिमल्सिना न्यौपानेले गीत गाउनुभएको थियो ।

विकृति, विसंगति, वेथितिको विरुद्ध देशप्रेम, पहिचान, प्रकृति र प्रेमका पध्य कविताहरु अधिकांशले श्लोक र मुग्ध छन्दमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजका साचिव भाव किशोर वरालले गर्नुभएको थियो र माएक हस्तांतरण गर्ने वेलामा वंहाले पनि दमदार कविता सुनाउनु भयो । स्मरणीय रहोस – यो संस्था विधिवत दर्ता भएर निरन्तर प्रत्येक महिनाको दोस्रो शनिवार अपरान्ह सुचारु कृयाशील हुदै आएको ९१ औं श्रृंखला पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।