विराटनगरमा मेट्रो लायन्सको मैत्रीपुर्ण फुटसल सम्पन्न
विराटनगर । लायन्स क्लब अफ बिराटनगर मेट्रोको आयोजनामा मैत्रीपुर्ण फुटसल कार्यक्रम बिराटनगरको स्पोर्ट्स हबमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बिराटनगर मेट्रो र डिस्ट्रीक्ट ३२५ सी को गभर्नर टिम बिच मैत्रीपुर्ण खेल भएको हो ।
२० /२० मिनेटको रोमान्चक खेलमा मेट्रोको तर्फबाट सुरज भट्टराईले ३ गोल गरे भने निराकर पोखरेलले एक गोल गरे । जवाफी गोल फर्काउने क्रममा डिस्ट्रीक टिम बाट सुधन पौडेल , सुदर्शन ढुङ्गाना , ज्ञानेन्द्र खत्री , र गभर्नर बिकास अधिकारीले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।
क्लबका अध्यक्ष नरेश साहले क्लब ले स्थापना देखि नै खेलकुदलाइ उच्च प्राथमिकतामा राखेको र सोही अनुरुप डिस्ट्रीक्ट र क्लब बीच भावनात्मक सम्बन्ध कायम रहोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
सो खेलमा शुभकामना ब्यक्त गर्दै गभर्नर बिकास अधिकारीले खेलले जीवन मा स्वस्थ रहन ठुलो महत्त्व राख्ने हुँदा कार्यकाल सुरु भए देखि नै सक्रिय रुपमा अघि बढेका क्लब अध्यक्ष नरेश साहको कार्य प्रशंसा योग्य भएको भन्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे ।
सो मैत्रीपुर्ण खेलमा डिस्ट्रीक्टका सचिव उदय बराल कोषाध्यक्ष रमेश खत्री , एरिया चिफ खेमराज नेपाल ,डिस्ट्रीक चिफ ज्ञानेन्द्र खत्री एरिया कोअर्डिनेटर सुधन पौडेल , रिजन कोअर्डिनेटर पंकज बर्मा सस्थापक अध्यक्ष तथा लियो लायन डिस्ट्रीक चिफ कैलाश काकी श्रेष्ठ जोन चेयर पर्शन प्रतिश अग्रवाल लायन्स मोरङका अध्यक्ष सुदर्शन ढुङ्गाना , लियो जिल्ला परिषद अध्यक्ष शिव शंकर मण्डल लियो सेन्ट्रल अध्यक्ष पंकज मेहेता लगायत अन्य क्लब का लायन्स तथा लियोहरुको समेत सहभागिता रहेको क्लबका पुर्व अध्यक्ष सुरेश कार्कीले जानकारी दिए।


