मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ, साउन २० गते । मोरङको रंगेली नगरपालिका-२ स्थितमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् ।

आज बिहान पौने १० बजे बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते भएका ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको थियो ।

घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका-१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।