विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । 

नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् ।
 ऊर्जा मन्त्री दिपक बहादुर खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै प्राधिकरणका सञ्चालकहरु भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त गरेका थिए ।

दुवै सदस्यले वक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेपछि मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो र स्पष्टीकरणमा जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले दुवैलाई पदमुक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।