सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

मुकेश कुमार यादव / सिरहा, २१ साउन। सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। 

उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पीयर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ। 

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेका थिए। चोट लागेर वेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रदेशीक अस्पताल पठाएको जानकारी दिए। 

उनले घटनाको अनुसन्धान भईरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही बताउन चाहेनन्। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।