बाग्लुङमा पहिरोमा परि आठ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ । बाग्लुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ ।

मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठजनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य दुइ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको पहिरोमा परेर मृत्यु भएको छ ।  

त्यस्तै वडिगाड–९ बलघाँसका १५ वर्षिय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।  

त्यसैगरि वडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चार बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।