डुबेर बेपत्ता दुई जनाको शव बरामद

सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित छुट्टाछुट्टै नदी खोलामा डुबेर बेपता भएको दुईजनाको शव प्रहरीले बरामद भएको छ । मंगलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा  डुबी बेपता भएकि बालिकाको शव बुधवार दिउँसो २ बजे बरामद भएको हो ।

मंगलवार साँझ स्थानिय ४ जना बालिकाहरु घाँस काट्नको लागी डोरा खोलाको पारीपट्टी जाने क्रममा सिसवाधमौरा बस्ने जितेन्द्र दासको छोरी बर्ष १० की प्रिन्जमा कुमारी दास खोलामा डुबी वेपता भएको प्रहरीमा जानकारी आएको थियो। साेही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट असईको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा बालिका दासको सव घटना भएको स्थानबाट १ दक्षिण  पानी मुनि बालुवा माटोमा भाँसिएको अवस्थामा फेला पारेको

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन। मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ।

यस अघि लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।

गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि  मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको  एसपी  हुमागाईंले बताएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।