अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ५ सय मिलिग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-९ घर भएका २४ वर्षीय पवन कुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका २७ वर्षीय अनिल परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३३ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी बस्ने ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन भरतपुर नगरपालिका-१२ बस्ने २९ वर्षीय सुरज कुमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१२ शिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित भारत लखिमपुर खीरी सुडा बस्ने ४५ वर्षीय छोटेलाल रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा कैलाली र सुदुरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।