धनकुटामा ९३ प्रतिशत खेतमा धान रोपाईं सम्पन्न
धनकुटा । धनकुटामा साउन २७ गते सम्म ८१ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ९३ प्रतिशत अर्थात ४ हजार ५ सय ९३ हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।
धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने बाध्यता रहेको छ । धनकुटाको लेगुवा,आहाले, महाभारत, तांखुवा, परेवादिन लगायतका जिल्लाका अन्य स्थानमा असारे धान खेतीहुने गरेको छ । धनकुटामा उन्नत जातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
कोशी प्रदेशमा ९८.१७ प्रतिशत खेतमा धान रोपाई भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । क्षेत्रफलको आधार र प्रतिशतको आधारमा कोशी प्रदेशमा सबै भन्दा झापा लिल्लामा धान रोपाई भएको छ ।


