सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, भदौ ०६ गते । सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो फलाम लोड गरेर ल्याउदै गरेको को. २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितमा अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक ईटहरी उप-महानगरपालिका-५ का ३० बर्षीय तिलक बहादुर राईको घटनास्थलमानै मृत्यु भएको थियो भने दुर्घटनामा परि घाईते भएका सह-चालक ईटहरी-१५ का २२ बर्षीय संजय ऋषिदेव र २२ बर्षीय प्रल्हाद ऋषिदेवको नगर अस्पताल बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरी सुनसरीको इनरुवा नगरपलिका-४ स्थितमा ना.३ ख १४५ नम्बरको ट्रकले को.२२ प ४०८० नम्बरको मोटरसाईकलाई ठक्कर दिदा गम्भिर घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिङ गाउँपालिका- २ का ५२ बर्षीय रमानन्द मेहतालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याउनासाथ साथ डाक्टरले मृत घोषाण गरेका थिए भने ट्रक चालक मकवानपुर हेटौडाका ५९ बर्षीय केदार सिङ वाईबालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖