गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनको लागि पहल

काठमाडौ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी र पूर्व महान्यायधिवक्ता अग्नि प्रसाद खरेललाई आमन्त्रण गरिएको थियो । सो अवसरमा सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेतापनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको थियो ।

संविधानतः गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गरिरहेको भएपनि त्यसमा उल्लेखित अधिकारहरु प्राप्त भएका छैनन् । गैरआवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता लिनको लागि समस्या भएको छ भने नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन।

कार्यक्रममा अध्यक्ष डा केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तीको लागि बाटो खुला गरेको भएपनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्दै सम्बन्धित निकायमा छिट्टै आवश्यक परिपत्र गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रमका अन्य वक्ताले समेत गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका कानूनी अड्चन हटाउन सक्दो पहल गर्ने बताउनुभयो । उक्त अन्तरक्रियामा नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफल गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीसहित, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्व उपाध्यक्ष (एनसीसी बेल्जियम) तीर्थ धमला, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत अधिकृत कुनाल मिश्र,संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।