टेम्पो चोरीमा संलग्न संखुवासभा खाँदबारीका दुई फरार प्रतिवादी पक्राउ
संखुनासभा । संखुनासभाको खाँदबारी नगरपालिका वडा नम्बर -८ बिष्णेधारा टोल बस्ने हिराधन राईले आफ्नै घर अगाडी पार्किङ गरी राखेको को २ ह १५५० नम्बरको टेम्पो गत भदौ ५ गते रातको अन्दाजी २०:५३ बजेको समयमा हराएको भनि यस कार्यालयमा जानकारी गराउन साथ यस कार्यालयबाट तत्काल खटिएको प्रहरी टोलिले खोजतालस गर्ने क्रममा भदौ ०६ गते खाँदबारी नगरपालिका वडा नम्बर-९ भेडेटार स्थित सडक भन्दा तल दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।
उक्त टेम्पो चोरी गर्ने मानिस खोजतलास गर्ने क्रममा चोरीमा संलग्न खाँदबारी नगरपालिका वडा नम्बर-९सार्कीडाँडा बस्ने बर्ष १८ को हरी मंग्रातीलाई बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटार संखुवासभाबाट खटिएको प्रहरी टोलिद्वारा भदौ ६ गते खाँदबारी नगरपालिका वडा नम्वर-९ बाट पक्राउ गरेको छ। अनुसन्धानको क्रममा उक्त टेम्पो चोरीमा सोही स्थान बस्ने बर्ष १९ को किरण रम्तेल समेतको संलग्नता भएको खुल्ले पश्चात निज किरण रम्तेललाई समेत मिति २०८१/०५/०७ गते पक्राउ गरिएको छ ।
निजहरु उपर संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थइ भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भई रहेको छ।


