नलगाडमा सरुवा भएर आएका हाकिम बाटोबाटै फिर्ता

सुर्खेत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नलगाड नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाट फर्काइएको छ। साउन २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई नगरपालिकाले बाटोबाटै फर्काएको हो। बिहीबार नगर प्रमुख डम्बरबहादुर रावतले मन्त्रालयलाई पत्राचार गरेर शाहीलाई फिर्ता पठाएका हुन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत  हाजिरी गराउन नसकिने भन्दै पत्र लेखेपछि शाही बाटोबाटै फर्किएका छन्। 

मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगर प्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन्। भट्टराई एक वर्षदेखि नलगाडमा कार्यरत छन् । नयाँ कार्यालय प्रमुख शाही नलगाडवासी नै हुन्। जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतलगायत अन्य ठाउँमा बसेर सात वर्षभन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगर प्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेखेका हुन्।

जुम्लाको गुठीचौर गाउँपालिकामा पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिएका थिए । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दुस्ख दिने, कर्मचारीभित्र विवाद ल्याउनेदेखि व्यक्तिगत रिसइवी साँध्नेसम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताए।

शाहीलाई नगर प्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई आफू नलगाड गएर बिदाइ गर्छु भन्दै आसपास गफ दिएका थिए। अन्तिममा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ। हरेक सार्वजनिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली कांग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताए । उपनिर्वाचनलाई रुचाएको हाकिममार्फत सम्पन्न गर्नका लागि नगर प्रमुखले आफ्नो पार्टीनिकट हाकिमलाई निरन्तरता दिन चाहेको एक कर्मचारीले बताए।

प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गायब गरे

नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता नै गायब गरेका छन्।

सरुवा भएर आएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन्। नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए।

तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो। पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर आएका छन्। बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाएका थिए।

नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राखेका थिए। आफू नगरपालिकामा नभएको वेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उनी हिँडेका ती कर्मचारीले बताए। मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका थिए।

तर, मेयर रावत भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता नलुकाएको बताउँछन्। त्रिभुवन माविको सम्पत्ति हिनामिनाको विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उनको भनाइ छ। सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उनलाई नै काम गर्न दिन आग्रह गरेको मेयर रावतले बताए। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।