प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गरे गायब

सुर्खेत । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता नै गायब गरेका छन्।

सरुवा भएर आएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन्। नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए।

तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो। पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर आएका छन्। बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाएका थिए।

नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राखेका थिए। आफू नगरपालिकामा नभएको वेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उनी हिँडेका ती कर्मचारीले बताए। मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका थिए।

तर, मेयर रावत भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता नलुकाएको बताउँछन्। त्रिभुवन माविको सम्पत्ति हिनामिनाको विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उनको भनाइ छ। सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उनलाई नै काम गर्न दिन आग्रह गरेको मेयर रावतले बताए। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।