रोट्रयाक्ट क्लब वातावरण संरक्षणका लागि इभी गाडीको ¥याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ ।

विराटनगरस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले ¥यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए । उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टीकर टाँसेर ¥यालीको शुभारम्भ गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथिसमेत रहेकी उपमेर कार्कीले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् । नेपालजस्तो ऊर्जाको प्रचुर सम्भावना भएको मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो । इभी गाडी वातावरणमैत्रीसमेत भएकाले पेट्रोलियम गाडीको सट्टा इभी गाडीको प्रयोग गर्नु उपयुक्त हुने उपमेयर कार्कीको ठम्याइ थियो ।

कार्यक्रमका मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पेट्रोलियम पदार्थबाट चल्नेभन्दा विद्युतबाट चल्ने गाडीको माग विश्वमै बढ्दै गएको बताए । उनले पेट्रोलियम पदार्थको उत्पादनसमेत घट्दै गएका कारण विद्युतीय र सौर्य गाडी सञ्चालनमा जोड दिए । पेट्रोलियम पदार्थबाट सञ्चालित गाडीका कारण वातावरणमा समेत प्रतिकूल असर पर्ने उनको भनाइ थियो ।

वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन इभी गाडीको ¥याली निकालिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । वातावरण संरक्षणका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए । ¥यालीमा विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष कुशल साहले जानकारी दिए ।

मारवाडी सेवा सदनबाट सुरु भएको ¥याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छाचोक हुँदै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो । यसअघि क्लबले जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्म वृक्षारोपणसमेत गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।