झापामा बालिकालाई घुम्न जाने भन्दै होटलमा लगेर सामूहिक बलात्कार, चार जना पक्राउ

झापा । झापाको अर्जुनधारामा एक १६ वर्षीया बालिकामाथि गएराति सामूहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती बालिकामाथि चार जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।

युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनीश लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ ।

पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए । त्यहाँ उनका अरू दुईजना साथीहरू पनि थिए ।

उनीहरू चार जनाले नै रातभर युवतीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजवंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पु¥याएका थिए । उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पनि पक्राउ गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।