खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्केको हाइलक्स गाडी सुनकोशीमा खस्यो,तीन जना बेपत्ता

काठमाडौँ । सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुडुलेमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले जानकारी दिए ।

उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको फुयालले जानकारी दिए । फुयालका अनुसार गाडी भेटिए पनि बेपत्ता ३ जनाको खोजी कार्य जारी रहेको छ ।

गाडी मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको फुयालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।