मूल्याङकनको आधारमा गरुडा नगरपालिका रौतहटको दोस्रो स्थानमा

सञ्जय मिश्रा, रौतहट । रौतहटको १८ स्थानीय निकाय मध्ये बिभिन्न मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका  दोस्रो स्थानमा पर्न सफल भएको छ ।

वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका  जिल्लामा दोस्रो स्थान हासिल गरेको हो। 

नेपाल सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा  गरुडा  दोस्रो स्थानमा परेको मेयर कन्थमणि जैसवालले बताएका छन।

गरुडाले ७१.७५ अंक ल्याइ दोस्रो स्थानमा रहेको छ भने राजपुर नगरपालिका ७१ अंक ल्याएर तेस्रो स्थानमा रहेको छ।  कार्य सम्पादनमा गौर नगरपालिका जिल्लामा पहिलो स्थानमा रहेको छ। 

कार्य सम्पादनमा जिल्लाको ११ वटा पालिका ५० प्रतिशत भन्दा बढी अंक ल्याएका छन भने ७ वटा पालिका ५० प्रतिशत  पनि अंक ल्याउन सकेका छैनन् ।

५० प्रतिशत भन्दा बढी अंक ल्याउनेमा गौर  गरुडा पछी राजपुर , चन्द्रपुर , राजदेवि, परोहा, माधवनारायण, इशनाथ, देवाही गोनाही,  कटहरिया नगरपालिका र दुर्गा भगवती गाउँपालिका रहेका छन् ।

५० प्रतिशत भन्दा कम अंक ल्याउनेमा फतुवा विजयपुर, बृन्दावन, बौधिमाइ, मौलापुर, गुजरा, गढिमाइ नगरपालिका र यमुनामाइ गाउँपालिका रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖