पाँचथरको फिदिममा करेन्ट लागेर बालकको मृत्यु
पाँचथर, भदौ ०९ गते । पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटार स्थित जोरपिपलमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
हिजो साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्री कुमार पाण्डेको १५ बर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र रहेको बिधुतको मल्टिप्लग सर्किट छुदाँ करेन्ट लागेर मृत्यु भएको हो ।
घटनाबारेमा तत्काल जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलिले घटनास्थल सुरक्षित राखेको थियो भने आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीको टोलीले घटनास्थलको सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथर पठएको थियो ।


