धरानबाट चोरीको २ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

सुनसरी, भदौ ०९ गते । इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका-२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान, राजविराज नगरपालिका -२ का अरविन यादव, सिराहा जिल्ला घर भई हाल बिराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेका छन् ।

भाद्र ३ गते धरान उप-महानगरपालिका-१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १-०२-०४४ प.५९४२ नं.को KTM DUKE र बा.१४.च. ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल सहित निजहरुलाई पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।