कोशीमा साउन महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक थापा घोषित

विराटनगर, भदौ ०९ गते । इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटि सूक्ष्म रुपमा सूचना सङ्कलन एवं खोजतलास गरी साउन २४ गते निज कैदीलाई मोरङको जहदा गाउँपालिका -१ तारेगामा स्थित नेपाल भारत सीमा नाका नजिकबाट फेला पारी नियन्त्रणमा लिन सफल भएको, लागू औषध ओसार पसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न सफल भएको, अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैया बराबरको समान बरामद गर्न सफल भएको र विभिन्न मितिमा दुर्व्यसनी विरुद्ध आमाहरु कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका-१६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरी उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।