झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ

झापा । झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । अर्जुनधारा–५ की १६ वर्षीया युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

अहिलेसम्म पक्राउ पर्नेको संख्या छजना पुगेको छभने एकजना अझै फरार रहेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि प्रहरीले हिजो बिहानै नै सोही घटनामा चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा–७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए ।

युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजनका दईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए । सोही स्थानको लंका होटलमा खाजा खाएर उनीहरु साँझमा एकछिन घुम्न भन्दै नयाँ बाख्रा हट्टीतिर लागे । एकान्त त्यस स्थानमा राती मानिसको आवत जावत हुँदैन । त्यहा चारजनाले पालै पालो उनीमाथि जवरजस्ती करणी गरे । उनले चारजनासँग प्रतिवाद गर्न सकिनन् ।

प्रहरीका अनुसार त्यसपछि पीडितलाई अर्जुनधारा–७ स्थित लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले लंका होटल रिसोर्टमा सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडितलाई शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।