पांचथरको तुम्बेवामा चट्याङले लागेर बालकको मृत्यु
पाचँथर, भदौ १० गते । पांचथरको तुम्बेवा गाउँपालिका-३ शहिद पार्क स्थितमा चट्याङले लागेर एकजना बालको मृत्यु भएको छ ।
हिजो दिउँसो सवा ३ बजे बिधालयबाट घर फर्कने क्रममा तुम्बेवा -२ का डिल्ली तिम्सिनाको १५ बर्षीय छोरा दर्शन तिम्सिनालाई चट्याङले लागेर घाईते बनाएको थियो । चट्याङले लागेर घाईते भएका उनलाई उपचारको लागी स्वास्थ्य चौकी मौवा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाचँथरबाट थप अनुसन्धान भई रहेको छ ।


