विराटनगर महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सञ्चालन ,मेयर कोइराला र उपमेयर कार्कीद्वारा अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ ।

विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गर्नुभयो । जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महानगरले परीक्षा लिएको हो । महानगरले गत वर्षदेखि छात्रवृत्तिको परीक्षा लिन सुरु गरेको थियो ।

त्यसअघि विद्यालयहरुले आफूखुसी छात्रवृत्ति दिँदै आएका थिए । उनीहरुले कागजमा मात्रै सीमित छात्रवृत्ति सुविधा प्रदान गरेको विवरण महानगरमा बुझाउँदै आएका थिए ।

लक्षित वर्गले मात्रै छात्रवृत्ति प्राप्त गरारुन् भन्ने उद्देश्यले महानगरले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिएको मेयर कोइरालाले बताउनुभयो । ‘वास्तविक जेहेन्दार, विपन्न, दलितसहितका लक्षित वर्गले छात्रवृत्ति सुविधा पाउन् भन्ने महानगरको उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘त्यही भएर गत वर्षदेखि हामीले छात्रवृत्तिका लागि परीक्षा लिन सुरु गरेका हौं ।’ मेयर कोइरालाले कक्षा ११ को जस्तै अन्य कक्षाका लागि पनि महानगरले छात्रवृत्तिको परीक्षा लिने योजना गरेको सुनाउनुभयो ।

विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि १ हजार २ सय ७ जनाले परीक्षा दिएका छन् । जसमध्ये ७ सय २७ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । जेहेन्दारका लागि ३५ प्रतिशत, विपन्नका लागि ३५ प्रतिशत, जनजातिका लागि १० प्रतिशत, दलितका लागि ५ प्रतिशत, अपाङ्गका लागि ५ प्रतिशत, मुस्लिमका लागि ५ प्रतिशत र अन्यका लागि ५ प्रतिशत छुट्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहनुभएका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्ताभित्र छात्रवृत्तिको परीक्षाफल सार्वजनिक हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।