झापा र मोरङबाट लागुऔषध सहित ८ जना पक्राउ

विराटनगर । झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले हिजो दिउँसो विराटनगर महानगरपालिका-११ जनपथ टोल स्थितबाट प्र १-०२-००४ ह ०८३१ नम्बर को अटो चालक विराटनगर महानगरपालिका-६ का २७ बर्षीय मनिष कुमार साह अटोमा सवार भारतका २५ बर्षीय गुड्डु कुमार, २७ बर्षीय मोहमद अन्सार आलमको साथबाट १६ ग्राम ३९ मिलिग्राम खैरो हिरोईन फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले हिजो राती साढे ८ बजे पथरिशनिश्चरे नगरपालिका-९ का २४ बर्षीय नबिन राई, पथरिशनिश्चरे-५ का २३ बर्षीय सजित राय, २२ बर्षीय सुजन खड्का,ईलामको चुलाचुली गाउँपालिका-४ का २६ बर्षीय मिलन राईलाई ट्रामाडोल १३८ चक्कि र डिकोलिक १५० चक्कि सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी हिजो साँझ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरादह र प्रहरी चौकी महारानीझोडा झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका-७ का १९ बर्षीय मिलन बस्याललाई उनकै घरबाट प्रतिबन्धित औषधी एन्टिकफ ट्यावलेट २२५० पिस र ट्रामाडोल ७०० पिस सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित नियन्त्रणमा लिईएको सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖