फूल र विरुवाको संरक्षणमा खटिने स्वयम्सेवकलाई महानगरले दियो प्रशिक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका विरुवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

विराटनगरस्थित बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरुवा राधाकृष्ण रथयात्राका क्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचालन गर्न लागेको हो । फूल र विरुवा जोगाउन स्वयम्सेवक परिचालन गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । ‘नगर प्रहरी मेरो साथी’ लेखेको भेष्ट लगाएर करिब २ सय स्वयम्सेवकहरू विरुवाको संरक्षणमा खटिनेछन् । यसरी घटिने स्वयम्सेवकहरूलाई महानगरले प्रशिक्षणसमेत दिएको छ ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले साँच्चिकै स्वयम्सेवकको सिद्धान्त र भावनाअनुसार खटिन आग्रह गर्नुभयो । उहाँले विराटनगर बनाउने दायित्व सबैको भएकाले विरुवाको संरक्षण गर्ने दायित्व पनि आमविराटनगरवासीको भएको बताउनुभयो । विराटनगरको पहिचानसित जोडिएको रथयात्राका क्रममा हुने फोहोरको व्यवस्थापनमा समेत ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले स्वयम्सेवकहरूलाई फूल र विरुवाको संरक्षणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । स्वयम्सेवकहरूले गरेका हरेक काम सफल भएको बताउँदै उहाँले विरुवा र फूल जोगाउन स्वयम्सेवकहरू सफल हुने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी बुद्धकुमार श्रेष्ठ, ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपाने, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले स्वयम्सेवकहरूको मुख्य जिम्मेवारी डिभाइडरका फूल र विरुवाको संरक्षण गर्ने भए पनि रथयात्राका क्रममा हुने अपराधिक क्रियाकलाप रोक्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको सहयोगमा महानगरले बरगाछी–रानी सडक सौन्दर्यकरण अभियान सञ्चालन गरेको छ ।

कृष्णजन्माष्टीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष मंगलबार निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ । स्वयम्सेवकहरु रथयात्रा नसकिञ्जेलसम्म परिचालित हुने नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । उनीहरु नगर प्रहरी सँगसँगै खटिनेछन् । यस्तै रथयात्रा पछि–पछि सरसफाई व्यवस्थापनका लागि टोली परिचालन गर्ने महानगरको योजना रहेको छ ।

यसैबीच पानी, सर्बत र प्रसादी वितरणका लागि ८७ वटा व्यक्ति, संस्था र व्यवसायीहरुले महानगरबाट स्वीकृत लिइएको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिनुभयो । स्वीकृत लिएर राखेका पानी, सर्बत र प्रसादीका स्टलहरुले सरसफाई व्यवस्थापन गरे÷नगरेका विषयमा महानगरको टोलीबाट अनुगमनसमेत गरिने दाहालले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।