धरानको माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या

काठमाडौं— सुनसरीको धरानमा खुकुरी प्रहारबाट बालिकाको हत्या भएको छ।

मंगलबार मध्यान्ह धरान उपमहानगरपालिका–३ माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए।

माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना शाही र उनकी १४ वर्षीया छोरी युनिसामाथि बहिनीज्वाँई पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ बस्ने ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेका थिए।

सिर्जना आफ्नै मोबाइल पसलमा बसिरहँदा बबिनसँग घरायसी विवाद भएको थियो। सामान्य झगडा हुँदा बबिनले सिर्जना र उनकी छोरी युनिसामाथि अन्धाधुन्धा खुकुरी प्रहार गरेको एसएसपी दाहालले बताए।

खुकुरी प्रहारबाट सिर्जनाको बायाँ पाखुरामा चोट लागेको छ। युनिसाको बायाँ छातीमा गम्भीर चोट लागेको थियो। घाइते दुवै जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा पौने १ बजे चिकित्सकले युनिसालाई मृत घोषणा गरेको थियो।

बबिनलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।