इटहरीमा एक युवक माथि खुकुरी प्रहार

इटहरी : इटहरीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आज (बुधबार) दिउँसो करिब ४ः४० बजेतिर एक युवकमाथि खुकुरी प्रहार भएको हो ।

यहाँको संगीत चौकबाट चारजना युवकले लखेटी–लखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको हो ।

इटहरी ६ मा पर्ने उक्त ठाउँमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् । इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । उनको हात र टाउकोमा चोट लागेपछि उपचार सुरू गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरू इटहरीकै भएका कारण उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । केही भने पकलीतिरकै रहेको र केही अन्य ठाउँका पनि रहेको प्रहरीले जनाएको छ ।

‘घटना भएपछि पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका छौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अहिले घटनामा संलग्नको हुलिया पत्ता लगाउन घटनास्थलको सिसी टिभी फुटेज पनि हेर्ने काम भइरहेको छ ।’

प्रहरीले अहिले घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको जनाएको छ । प्रहरीकाअनुसार घटनाको कारण भने पत्ता लागेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार घटनामा चारजना युवक संलग्न छन् ।

‘सबै युवक करिब २० वर्ष उमेर समूहका छन्, सबैको हातमा खुकुरी पनि थियो,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘लखेटी लखेटी खुकुरी प्रहार भयो । हामी कसैले प्रहरीलाई फोन गर्यौँ, कसैले होहल्ला गरेपछि यहाँबाट पूर्वतर्फ भागेका छन् ।’-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।