सुनसरी र इलामबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, भदौ १३ गते । सुनसरी र इलामबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका सुनसरीको धरान उप-महानगरपालिका-६ स्थितमा प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२९ प ८२१६ नम्बरको स्कुटरमा सवार रहेका मोरङ केरावारी-६ का २३ बर्षीय दुर्गा बहादुर लिम्बु र २४ बर्षीय जेनेफ लिम्बुलाई नियन्त्रीत औषधी ट्रामाडोल २ सय क्याप्सुल र डिकोलिक २ सय ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने इलामको माई नगरपालिका-१ सधुवाका कर्ण बहादुर खड्कालाई ६ सय ग्राम गाँजा सहित प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।