पाँचथरको फालेलुङमा बिष्फोटमा परी २ बालबालिकाको मृत्यु

पाँचथर, भदौ १४ गते । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँ स्थितमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दिलिप सावाको २ बर्षीया छोरी प्रिन्सा सावा र ११ बर्षीय छोरा दिप्सन सावा रहेका छन् । बिगत १० बर्ष देखि आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञान बहादुर राईको स-परिवार बस्दै आईरहेकोमा भाद्र १३ गते अपरान्ह ३ बजे ज्ञान बहादुर राईको १३ बर्षीय छोरा पवन राई, छिमेकी दिलिप सावाको ११ बर्षीय छोरा दिप्सन सावा, २ बर्षीया छोरी प्रिन्सा सावा र दिपक राईको ७ बर्षीय छोरा दिप्सन राई भेला जम्मा भई आगनमा खेलीरहेको अवस्थामा अचानक के कुन बस्तु बिष्फोट भएको थियो ।

बिष्टफोटबाट घाईते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा लगिएकोमा ७ बर्षीय दिप्सन राईको अवस्था सामान्य भएको र अन्य ३ जना घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा दिप्सन सावा र प्रिन्सा सावालाई थप उपचारको लागि लगिएकोमा प्रिन्सा सावाको जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घरको पछाडि बारीको काँल्लामा समेत संकास्पद डल्लो बस्तु फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेक पाँचथरबाट नेपाली सेनाको टोली घटना स्थलमा खटि गई भाद्र १४ गते ११:२५ बजे डिस्पोज गरेको, उक्त संकास्पद बस्तु Home made socket रहेको पुष्टि भएको तथा घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।