वायु प्रदूषणले पारेका असरको पहिचान, न्यूनीकरणमा मन्त्रालयले प्रभावकारी कदम चाल्छ- वनमन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय संवेदनशील रहेको बताएका छन ।

‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्वोन्धन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्युनिकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्री ठकुरीले बताए ।

सञ्चारमाध्यका साथीहरु र सरोकारवाला पक्षलाई मन्त्रालयमा आमन्त्रण गरेर सल्लाह र सुझाव लिएर अघि बढ्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकाका साथै स्थानीय तह र सम्वन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरुको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषण न्युनिकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि तत्पर रहेको स्पष्ट पारे । 

कार्यक्रममा काठमार्डौ महानगरपालिका वातावरण विभग निमित्त प्रमुख वायु प्रदुषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभवाकारी ढंगबाट गरेको बताइन । स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताइन । धूलो सहित काठमाडौं निर्माण गर्न जुटेको छौ राईले भनिन् स्वास्थ्य संस्थाको फोहर अनुगमन गरेको छौ । मापदण्ड अनुसार फोहरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारवाही गर्ने उनले बताइन ।   

ट्रिपल मिडिया प्रा.लिद्वारा आयोजित ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुद्वरा सातवटा कार्यपत्र प्रतुत गरिएको थियो ।

कार्यक्रममा वन तथा वतावरण मन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तन सम्वन्धी घोषणा पत्र समेत हस्तान्तरण गरेको थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।