साउदी अरबमा ज्यान गुमाएका झापाका गिरीको शव छ महिनापछि आयो नेपाल
झापा । साउदी अरबमा ज्यान गुमाएका झापा हल्दिबारी–३ ढडुवाका बिनोद गिरीको शव छ महिनापछि नेपाल आइपुगेको छ ।
गिरीको शव शुक्रबार दिउँसो ३ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारले बुझेका छन् । १८ मार्च २०२४ मा उनी आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए ।
हत्या आशंकामा साउदी प्रहरीले अनुसन्धान अघि बढाए पनि उनको मृत्यु स्वाभाविक भएको निष्कर्ष निकालेको थियो ।
मृतक गिरीका एक छोरा एक छोरी र श्रीमती छ्न् । उनी रोजगारीका सिलसिलामा मृत्यु हुनुअघि झण्डै नौ महिना अगाडि साउदी पुगेका थिए ।


