बिर्तामोडमा सवारी दुर्घटना हुंदा इलामकी एक महिलाको मृत्यु

झापा, भदौ १६ गते । झापाको बिर्तामोड नगरपालिका-५ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

हिजो साँझ सवा ५ बजे बिर्तामोड प्रदेश १-०२-००२ ख ००३५ नम्बरको बसले प्रदेश १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार रहेकी इलाम माई नगरपालिका-४ की ३० बर्षीया तुलसा पाँचकोटी घाईते भएकोमा तत्काल उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न बस चालक झापा कन्काई नगरपालिका-३ का हिमाल बि.क र मोटरसाइकल चालक इलाम नगरपालिका-४ का ठिर प्रसाद सुवेदी तथा दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।