ओलीलाई बालेनको प्रश्न : नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ बर्षदेखि कैदी बनाएर एक नाबालिकालाई घरेलु कामदार बनाएर राखेको भन्दै सरकारले पक्राउ नगरेको उल्लेख गरेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेखा शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन् ।
बालेनले भनेका छन्- 
  
वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ ।  सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ??  कि नसमाउने ??

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।