अबैध हतियार सहित रौतहटका यादव पक्राउ

सञ्जय मिश्रा, रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपाली लाई अबैध हतियार सहित पक्राउ गरेको छ ।

तस्करहरुको समूहले गएराती रौतहटबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ल्याइरहेको बिशेष सूचनाको आधारमा एसएसबीको ७१औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले अबैध हतियार सहित नेपाली नागरिकलाई पिठवा गाउँ छेउ बगैंचामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० बर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताएका छन् ।

यादवले कमरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरि आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको कमान्डेन्ट कुमारले जानकारी दिएका छन् । 

पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको बिभिन्न स्थान बाट लागुऔषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्याउने गरेको एसएसबीको ठहर रहेको छ।जिल्ला प्रहरी कार्यालय मोतीहारिका प्रमुख एसपी कान्तेश कुमार मिश्रले घटनाको पुष्टी गरेका छन्। अनुमण्डल पुलिस पदाधिकारी अशोक कुमार, सहायक कमान्डेन्ट विश्वास केएम, थानाध्यक्ष अभय कुमार सहितको टोलीले पक्राउ गरेको आरोपी सिकिन्दर यादव हाल नियन्त्रणमा रहेको तथा अदालत बाट म्याद थमाई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले पनि सिकिन्दर यादव अबैध हतियारसहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टी गरेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।