सानिमा बैंक मिर्चैया शाखाद्वारा दुई छात्रालाई छात्रवृत्ति प्रदान

मुकेश कुमार यादव/सिरहा १७ भदौ। सानिमा बैंक मिर्चैया शाखाले समाजिक उतरदायित्व अन्तर्गत उच्च शिक्षा हासिल गर्न चाहने दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।

छात्रवृत्ति छनोट समितिको सिफारिसमा बैंकले  विपन्न र जेहन्दार विद्यार्थीहरू करुणा कुमारी महतो र पूजा यादवलाई छात्रवृत्ति प्रदान गरेको हो।

मिर्चैया नगरपालिका ६ का वडा अध्यक्ष राम प्रकाश महासेठ, नगर शिक्षा शखा प्रमुख भरत बानिया, पोलरस्टार बोर्डिङ स्कुलका संचालक राम चरित्र साह, संचारकर्मी मुकेश कुमार यादब र बैंकका शाखा प्रवन्धक उमेश चौरसियासहितका छ्नौट समितिले  उनीहरुको नाम सर्वसम्मत चयन गरेको हो।

छ्नौट भएका दुबैजना विद्यार्थीलाई बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक दुई  हजार रुपैयाँ नगद वृत्ति प्रदान गरिने शाखा प्रवन्धक उमेश चौरासीयाले जानकारी दिए।
छात्रवृत्तिका लागि मिर्चैया  शाखाले २०८० सालमा सञ्चालित एसइईमा सामुदायिक विद्यालयबाट उत्तीर्ण  ५ जना छात्राले आवेदन दिएका थिए। जसमध्यय सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरेको शाखा प्रवन्धक चौरसियाले जनाएको छ।
 
बैंकले उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ मा अध्ययनरत दुईजना  विद्यार्थीलाई छात्रवृत्ति स्वरुप विद्यालयमा लाग्ने शुल्क, शैक्षिक सामाग्रीखरिद तथा अतिरिक्त मासिक दुई हजार नगद प्रदान गर्दै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।