ताप्लेजुङ सरोकार केन्द्रको पाँचौं अधिवेशन सम्पन्न

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रको पाचौं अधिवेशन स्थानीय वाग वजार स्थित हार्दिक होटेलको सभा हलमा सरोकारको अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।

महासचिव सन्तोष मादेनद्वारा उद्घोषक गरिएको सो समारोहलाई उपाध्यक्ष वल व. तामाङद्वारा स्वागत मन्तव्य दिईएको थियो । दुई चरण मध्ये पहिलो शेषनमा प्रमुख अतिथि प्रतिनिधि सभाका सभासद माननीय योगेश कु. भट्टराईद्वारा जिल्लाका लव्धप्रतिष्ठित १२ जना व्यक्तित्वहरु – पूर्व रथी फत्ते व. मेन्याङ्वो, पूर्व राज्य मन्त्रीहरु डा. भरत प्रधान, याङ्किला शेर्पा, पूर्व सचिव नरेन्द्र कु. श्रेष्ठ, पूर्व निर्वाचन आयुक्त सूर्य प्र. श्रेष्ठ, ईन्जिनियर मेघेन्द्र कु. श्रेष्ठ, पूर्व सचिव डमरु वल्लभ भट्टराई, विध्धुत प्राधिकरणका पूर्व निर्देशक गौरीमान कडरिया, पूर्व सहायक रथी रनध्वोज लिम्वु, पूर्व उपरथी अनन्त व. थेवे, प्रखर वक्ता प्राडा सुरेन्द्र केसी र चर्चित राष्ट्र हांस्य कलाकार मनोज गजुरेललाई ताम्र पत्र सहित खास्टो ओढाएर सम्म्मान गरिएको थियो । त्यसपछि, लगतै लक्ष्मी प्रसाद साँवाद्धारा रु ७५ हजारमा तैयार गरिएको वेभसाईड एव्स (संस्थाको सम्पूर्ण विवरण भएको सामाजिक सञ्जाल) प्रदर्शन गरिएको थियो ।

वक्ताको रुपमा प्रमुख अतिथि भट्टराई, विराटनगरका पूर्व नगर प्रमुख ध्रुव नारायण श्रेष्ठ, पूर्व रथी अनन्त व. थेवे , द्वय राज्य मन्त्रीहरु प्रधान र शेर्पाले उक्त अधिवेशनलाई शुभकामना दिईए पश्चात सरोकारका अध्यक्ष टंक श्रेष्ठले सवैलाई धन्यवाद दिएर पहिलो कार्यसमिति भङ्ग भएको घोषणा गर्दै पहिलो चरणको कार्यक्रम शान्तिपूर्ण विसर्जन भएको थियो ।

दोस्रोचरण वन्द शेषनमा भने विधान अनुरुप ५७ जना नयाँ कार्य समिति छनोट गर्नुपर्नेमा करिव ४० जना सहभागीमा पनि निकै गरमा गर्मी विवादका वावजुद मध्यान्ह १ वजे सुरु भएको अधिवेशन रातको झन्डै साडे नौमा सकिएको थियो । अधिवक्ताहरु गोविन्द भट्टराई, थईन्द्र आङवुहाङ, वलराम भट्टराई र सरीता अधिकारीको निर्वाचन मण्डली रहेका थियो । सचिव र कोषाध्यक्षको प्रतिवेदनले उपस्थित साधारण सदस्यहरुले जिज्ञासा र प्रश्न तेर्स्याएका थिए । २०७२ साल, ७६ साल, ७८ साल हुदै २०८१ साल सम्मको उठ्न वाँकी हिसाव शिर्षकमा २३ लाख ज्यादा रकम वेरुजु (घोटाला) देखाईएको थियो भने १ लाख अस्सी हजार सम्मको संस्थाको रकम नवुझाउने २५ जना सम्मको नामै अनुसुची ४० मा सार्वजनिक गरिएको थियो । तर ति नाम मध्ये कार्यसमितिका नन्दु वनेम र रमेश न्यौपानेले तत्कालै हलमा वुझाएकोले सफाई पाएका थिए । नाम नवताउने सर्तमा कार्यसमितिका सल्लाहकार, सदस्य र एकजना आजीवन सदस्यले १ लाख अस्सी हजार खानेको चाँहि नाम प्रतिवेदनमै सार्वजनिक गर्ने, वर्तमान कार्यसमिति भन्दा अघिल्लो समितिका नेतृत्वहरुले २३ लाख ज्यादा घोटाला गरि हिनामिना गरेको चाहिं ननिकाल्ने ? संस्था फुटेर दुई टुक्रा हुनुको प्रमुख कारण त्यहि थियो । भनेर गुनासा गरेका थिए ।

ताप्लेजुङ सरोकार केन्द्र जन्मनु भन्दा अघिनै सुरुमा ताप्लेजुङेहरुको साझा संस्था २०४८,४९ सालमै कृयाशील रुपले गठन भैसकेको थियो । तर किनहो यो संस्था सरोकारा केन्द्रले त्यो ईतिहास कहिलै लेखेन र खोज्न चाहेको छैन । यो संस्थाले एकैचोटी आएर २०६२ पुन स्थापना गरेर संस्थाले त्यसैलाई पहिलो समिति भन्दै हौवा (हांस्यास्पद भ्रम) फिजाएको छ । तर त्यै संस्था २०७४,७५ मा आएर १३ लाख रुपैया हिनामाना र पद लुछाचुडीको कारण डम्वर तुम्वाहाम्फेको नेतृत्वमा ताप्लेजुङ समाजसेवा भनि अर्को संस्था फुटेर गठन भैसकेको छ । रोचक कुरो चाहिं यो छकी अहिले सम्म दुवै संस्थामा ९५% (प्रतिशत) एमाले (राजनीतिक) पार्टीका कार्यकर्ताहरु छन भने वाँकी अपवादमा फाल्टुलाई घुसाईएको छ ।

निर्वाचन मण्डलीले विधान अनुरुप अध्यक्षमा १, उपाध्यक्षमा ४, महासचिवमा १, उपमहासचिवमा ४, सचिवमा ११ कोषाध्यक्षमा १, सह कोषाध्यक्षमा १, खुल्ला, पालिका र महिला गरेर ३४ गर्दा सवै गरेर जम्मा ५७ जनाको कार्समिति छनोटमा सवैमा निर्विवाद भएता पनि महासचिवमा ४ जना र उपमहासचिवमा ७ जनाको उम्मेद्धारी पर्नाले पद वाँडफाड मिलाउन विधान मिचेर उपाध्यक्ष र उप महासचिवको संख्या वढाएका छन । कार्यसमिति सदस्यसंख्या ३४ मा केवल आठजना मात्रै परेर सवैलाई माथिल्लो मेजर पद चाहिने रहेछ भन्ने प्रष्ट देखिन्छ ।

धेरै वादविवादको वावजुद पनि अन्त्यमा ५७ सदस्य छनोट हुनुपर्नेमा २५ सदस्य मात्र वल व. तामाङको अध्यक्षतामा पाँचजना उपाध्यक्षहरु – सन्तोष मादेन, ज्ञान व. ईजम, मिङ्मा डन्डु लामा, अशोक कु. राई र नन्दु वनेम, महासचिवमा अशोक प्यासी राई, आठजना उप महासचिवमा – मोहन योन्जन, प्रेम गुरागांई, महेन्द्र पालुङ्वा, जीवन कु. राई, भक्ति भट्टराई, चुडामणी गिरी, जीवन कु. वस्नेत र हरीश्चन्द्र भट्टराई सहमतिमा निर्वाचित भएका छन । त्यस्तै निर्विरोध ११ जना सचिवहरुमा – लोकमणी मेन्याङ्वो, प्रेमहाङ वनेम, निरोज लिवाङ, रुपा आङवुहाङ, धनजित साँवा, सन्तोष वराल, दावाछिरिङ शेर्पा, रमेश न्यौपाने, दावा शभ्भु शेर्पा, निर्मला ईजम र देवी प्रसाद गिरी निर्वाचित भएका छन । कोषाध्यक्षमा भने पुन लोजोक लामा र सह कोषाध्यक्षमा प्रकाश मणी गौतम निर्वाचित भएका छन । त्यस्तैगरी केवल आठजना सदस्यहरुमा – महिमा कडरिया, कविन्द्र शेर्मा, विपना आङवुहाङ, रोशनी लिम्वु, रेनुका यक्शो, संजोक वनेम, राज कु. शेर्मा र रुद्र साँवा निर्विरोध निर्वाचित भएको छ ।

कार्यसमिति छनोटमा होस, संस्थाको मुखपत्र, स्मारिका, पत्र पत्रिका निकाल्दा होस, या ताप्लेजुङे कसैलाई आर्थिक र भौतिक सहयोग गर्दा होस गुट उपगुट नवनाई, विभेद र मपाईत्व नलादी सवैमा खुल्ला कितावझैं निस्पक्ष सेवकको रुपमा संस्था वढ्नुपर्ने उपस्थित पर्यवेक्षक हरुको धारणा थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।