मोरङ, उदयपुर र खोटाङबाट लागुऔषध सहित ७ जना पक्राउ

विराटनगर, भदौ १८ गते । मोरङ, उदयपुर र खोटाङबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १७ गते साँझ साढे ५ बजे मोरङको बिराटनगर महानगरपालिका १७ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री १८ स्थानीय मो. सज्जाद र २५ बर्षीय मो. रब्बानीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट ७९ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ७ प ५७२० नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका ११ का १८ बर्षीय सविन राईलाई नियन्त्रीत आषधी बुप्रिनोर्फिन, फेरानागन, डाइजेपाम गरी जम्मा २४ एम्पुल र नाइट्राभेट २२ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

त्यस्तै प्रहरी बिट रत्नपार्क खोटाङबाट दिक्तल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थितमा खटिएको प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी-१४ का १८ बर्षीय आश्रेय राई, २५ बर्षीय सिजन राई, दिक्तेल रुपाकोट मझुवागढि-२ का २२ बर्षीय प्रदिप राई र दिक्तेल रुपाकोट मझुवागढि- ४ का २० बर्षीय मिलन राईलाई ट्रमाडोल-५२ क्याप्सुल, डिकोलीक-१४ पिस, नाईड्रभेट- १ पिस र कोलिबन-३ पिस सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।