बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबी

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको छ ।

बालेनले सो स्टाटसमा एमालेकी प्रदेश सांसद रेखा शर्माले  नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । तर, सो स्टाटस मंगलबार बिहान गायब भएको थियो । 

बालेनले डिलिट गरेको आरोप लागिरहेको बेला उनको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ ।

सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको भन्दै बालेनका स्वकीय सचिव भूपदेव शाहले भनेका छन्- ‘कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन, आशावादी छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।